धनुषामा २५ वर्षीय पुरुषको शव फेला

   १६ फाल्गुन २०७७, आईतवार १२:०४  

१६ फागुन, रौतहट । धनुषामा आइतबार बिहान एक जनाको शव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्लाको जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको आज एक जनाको शव फेला परेको हो ।

सोही स्थान बस्ने गर्भु महराका २५ वर्षीय छोरा ललन महरा मत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवलाई देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनसाथै घटनास्थलमा प्रहरी पुगेको छ । हाल महराको शवलाई पोष्मार्टमका लागी अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको छ ।

यस्तै, यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।