कपिलवस्तुबाट आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ
१५ फागुन, रौतहट । कपिलवस्तुबाट आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ।
जिल्लाको शिवराज नगरपालिका १ दोबाटो बस्ने २५ वर्षीय बाबुले आफ्नै ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यही फागुन ११ गते घरमा कोही नभएको बेला उनी जबरजस्ती करणी गरेका थिए । पिडित बालिकाकी आमाले दिएकी उजुरपछि बाबुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले जनाएका छन् ।
अदालतबाट ५ दिन म्याद थप गरी पक्राउ परेका निजलार्ई हिरासदमा राखी यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।