कैलालीमा एक जनाको शव फेला
१५ फागुन, रौतहट । कैलालीमा आज एक जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा बस्ने ३५ वर्षीय शिवचरण रानाको मृत शव सोही ठाउँमा शनिबार बिहान फेला परेका प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेको अवस्थामा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जनाएका छन् ।
हाल मृत्युका कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।