आज ११२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

   १४ फाल्गुन २०७७, शुक्रबार १६:५७  

१४ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितसंगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । जसमध्ये हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप ५४ जना संक्रमित जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ ।

त्यसैगरी, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ४ जना मृत्यु भएको छ, भने हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ७ सय ७१ पुगेको छ ।