भारतको गाजियाबादमा भटियो एक बच्चाको शव, ४ जना पक्राउ
१४ फागुन, रौतहट । दिल्लीको कल्याणपुरीबाट अपहरण गरिएको ९ सालको बच्चाको शव भेटिएको छ । मोदी नगरको भोजपुर गाउँको खेतमा एक बच्चाको शव प्रहरीले फेला पारेको छ ।
दिल्ली पुलिसका अनुसार १३ फरवरी को दिन कल्याणपुरीबाट बच्चाको अपहरण भएको थियो त्यसपछि बच्चाको परिवारहरुले कल्याणपुरी चौकीमा अपहरणको निवेदन दिएका थिए र खोजी शुरु गरिएको थियो ।
घटनास्थल नजिकको सीसीटीवी फुटेज चेक गरेपछि गाजियाबाद र मेरठबाट ४ जनालाई प्रहरीले हिरासतमा लिएको थिए । पुछताछको क्रममा शव गाजियाबादको मोदी नगरको खेतमा रहेको खुलासा भएको थियो ।
दिल्ली पुलिसका अनुसार अपहरण भएको परिवारको आर्थिक स्थिति खराब भएको कारण अपहरण गरेका व्यतिmहरुले पैसा नमांगेर बच्चाको हत्या गरेको दिल्ली प्रहरीले जनाएका छन् ।