मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
१४ फागुन, रौतहट । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको रामपुर नगरपालिका ६ बिजयपुर का ३० वर्षीय सन्जु आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामपुर नगरपालिका ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएको उनलाई उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइएको थियो । तर, अस्पतालमा पुग्नसाथै उनलाई डाक्टरले मृत घोषण गरेको थियो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।