आफैं सफा हुने स्मार्ट चश्मा बनाउँदै एप्पल
द नेपाल मिडिया
१४ फाल्गुन २०७७, शुक्रबार १२:४०
१४ फागुन, रौतहट । हामीले चश्मा प्रयोग गर्दा साथमा रुमाल अथवा चश्मासँगै आउने सानो कपडा बोकेर हिँड्ने गरेका हुन्छौं । अब भने बजारमा आफैं सफा हुने चश्मा आउने भएको छ ।
यो चश्मामा टाँसिएको फोहोर तथा दाग स्वतः सफा हुनेछ । एप्पल कम्पनीले नयाँ स्मार्ट ग्लास उत्पादनमा यस्तो फिचर थप्न लागेको हो ।
स्मार्ट ग्लासमा नयाँ प्याटेन्ट समेत दर्ता गरिसकेको कम्पनीले स्वतः सफा हुने फिचरलाई ‘अप्टिकल मोडुल्स’ नाम दिएको छ ।
अहिले जस्तो कपडा प्रयोग गरेर सफा गर्दा चश्मा कोरिने, त्यसको पिक्सेलमा असर पर्ने भएकाले सिस्टम आफैंले चश्मा सफा गर्न मिल्ने बनाउन लागिएको हो ।