मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

   १४ फाल्गुन २०७७, शुक्रबार १०:५२  

१४ फागुन, रौतहट । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीस्थित गुम्बाडाँडामा गोठेदमारका अन्दाजी ४० वर्षीय केशव विकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार राति करिब ९ बजेतिर गुप्तेश्वरी सामुदायिक वन क्षेत्रमा विकको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
शव फेलापरे लगत्तै स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो ।

शव फेला परेको खबर हुनसाथ घटनास्थलमा प्रहरी टोली पुगेर गरेका अनुसन्धानका आधारमा भिरबाट लडेर विकको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकालिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको र यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।