बिहीबार थपिए ११२ कोरोना संक्रमित
१३ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये हाल नेपालमा ८ सय ८२ जना संक्रिय संक्रमित रहेका हुन् ।
यस्तै, बितेको २४ घण्टामा थप ८४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।