मादक पदार्थ सेवन गरेर छतबाट लड्दाँ एक विद्यार्थीको मृत्यु

   १३ फाल्गुन २०७७, बिहीबार १५:५४  

१३ फागुन, रौतहट । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा आज छतबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

भरतपुरमा डेरा गरी बस्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ घर भएका १८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार मादक पदार्थ सेवन गरेर छतबाट लडेर आज बिहान मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेर छतमा लडेको हेरेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ प्रहरीले घटनास्थलमा पुगेका थिए ।

मृतकको घटनास्थल सिल गरेर शव पोष्टकार्टमका लागि महाकाली अस्पताल पठाईको प्रहरीले जनाएको छ ।