आर्मेनियाका प्रधानसेनापति गास्पार्यान पदमुक्त

   १३ फाल्गुन २०७७, बिहीबार १५:३३  

१३ फागुन, रौतहट । आर्मेनियाका प्रधानसेनापति ओनिक गास्पार्यानलाई प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीवार पदमुक्त गरेका छन् ।

गास्पार्यानले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै बयान जारी गरेपछि प्रधानमन्त्रीले गास्पार्यान र उनीभन्दा मुनिका जनरललाई बर्खास्त गरेका हुन् । यस बयानलाई प्रधानमन्त्रीले कूको पूर्वाभ्यासका रूपमा लिएका छन् ।

अजरबैजानसँगको युद्ध हारेपछि प्रधानमन्त्री पाशिन्यानमाथि राजीनामाको दबाब बढेको छ ।

राष्ट्रपतिले स्वीकृति दिएपछि मात्र गास्पार्यान बर्खास्त भएको आधिकारिक मानिनेछ ।