प्रभाष र आलियाको ‘राधे श्याम’ ३० जुलाइको रिलिज हुदैँ
१३ फागुन, रौतहट ।
प्रभाषले अभिनय गरेको फिल्म ‘राधे श्याम’ जुलाइको ३० तारिखबाट रिलिज हुने पक्का भैसकेको छ ।
विभिन्न ४ भाषामा रिलिज हुने यस फिल्मको अहिले जताततै चर्चा चलेको छ । अभिनेत्री आलिया भट्टले अभिनय गरेको फिल्म ‘गांगुबाई काथियावाडी’को पनि यहि मितिमा रिलिज हुने तयारीमा रहेको छ ।
निर्माणपक्षले जुलाई ३० तारिखमा नै यो फिल्म रिलिज गर्ने घोषणा गरेपछि प्रभाषलाई चुनौती थपिएको हो ।
केहि दिन अघि निर्देशक संजयलिला भन्सालीको जन्मदिनको अवसर पारेर यस फिल्मको फस्टलुक सार्वजनिक गरिएको थियो । फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि तोकिएको हो ।
‘गांगबाई’को छायांकन अहिले पनि भइरहेको छ। अभिनेता अजय देवगणको करिब ९ दिनको छायांकन अझै बाँकी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । एजेन्सी