आज थप ९४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

   १२ फाल्गुन २०७७, बुधबार १६:५६  

१२ फागुन, रौतहट । नेपालमा पछिल्ले २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार ५ सय ५५ जना उपचाररत संक्रमित रहेका हुन् ।

त्यस्तै, बितेको २४ घण्टामा थप ७१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको मन्त्रालयले वजनाएको छ ।

यसैबची, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ ।