इक्वेडरको जेलहरुमा भएको हिंसामा परि ७५ जनाको मृत्यु

   १२ फाल्गुन २०७७, बुधबार १६:४९  

१२ फागुन, रौतहट । इक्वेडरको तीन ओटा जेलमा भएको हिंसात्मक दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु भएको र केही जना घाइते समेत भएको छ ।

मङ्गलबार पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् ।

गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।

एएफपी