धनुषाबाट स्रोत नखुलेको २५ नगदसहित दुईजना पक्राउ

   १२ फाल्गुन २०७७, बुधबार १३:४४  

१२ फागुन, रौतहट । स्रोत नखुलेको २५ लाख नगदसहित धनुषाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको नगराईन नगरपालिका–२, नगराईन बजारबाट २५ लाख ५० हजार रुपैयाँसहित पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका–५ मा नेहा फेन्सी स्टोरका सन्चालक ३५ वर्षीय सन्जयकुमार साह र भारत, बिहार बस्ने २४ वर्षीय सुमितकुमार यादव रहेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरीचौकी लग्मा, जटहीबाट खटिएको प्रहरीले गोप्य सूचनाका आधारमा उक्त स्टोरमा तलासी गर्दा २५ लाख ५० हजार नगद बरामद भएको बताएका हुन् ।

पक्राउ परेका दुवै जनालाई रकमसहित भन्सार कार्यालय धनुषामा पठाइएको प्रहरीले जनाएको छ ।