भारत भ्रमणमा जानु अघि पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्नुपर्ने
१२ माघ, रौतहट । भारत भ्रमणमा जाने सबै यात्रुले अब अनिवार्य पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ ।
अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने व्यवस्था गरिएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।
यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो ।