बाबुको हत्या आरोपमा छोरा पक्राउ
१२ फागुन, रौतहट । आफ्नै बुवाको हत्या गरेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका ३२ महकुना बस्ने ५८ बर्षीय जुमबहादुर कामीको हत्या गरेको अभियोगमा उनका छोरोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाइएको छ ।
यही फागुन ९ गते आइतबार गएराति बाबु-छोराबीच भएको वादविवादका कारण उनी आफ्नै बाबुको हत्या गरेका थिए । ३४ बर्षीय छोरा रामकृष्ण कामीको प्रहारबाट जुमबहादुरको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जनाएका छन् ।
झगडाका क्रममा छोरा रामकृष्णले काठको अग्लोले प्रहार गर्दा जुमबहादुर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रामकृष्ण कामीलाई हिरासदमा राखी यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।