संसद् पुनःस्थापनाको आदेश
११ फागुन, रौतहट । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश सुनाएको छ । आदेशमा १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चको फैसला सुनाउँदै १३ दिनभित्र संसद्को बैठक बोलाउने आदेश भएको जानकारी गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला आएको हो। संविधान प्रतिकूल हुने गरी प्रधानमन्त्रीले विघटन गरेको फैसलामा उल्लेख छ। साथै, पुस ५ गतेपछि गरिएका सबै नियुक्तिसमेत अदालतले खारेज गर्न भनेको छ।