थप ११० जनामा कोरोना पुष्टि, ४ को मृत्यु

   ११ फाल्गुन २०७७, मंगलवार १६:४९  

 

११ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय १० कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ रहेको छ ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योेसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संंख्या २ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ ।