श्रीमानको हत्या गर्ने पत्नी पक्राउ

   ११ फाल्गुन २०७७, मंगलवार १५:१२  

११ फागुन, रौतहट । कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीले आज बिहान आफ्नै श्रीमान २९ वर्षीय ओमबहादुर चौधरीमाथि फरुवा प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हत्यापछि बसन्तीले प्रहरीलाई आफैँ पतिको हत्या गरेको जानकारी गराएकी थिइन् । हत्याको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी उनलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।