आफ्नै पत्नीको हत्या गरेको आरोपमा एक जना पक्राउ

   ११ फाल्गुन २०७७, मंगलवार १४:३२  

११ फागुन, रौतहट । आफ्नै पत्नीको हत्या गरेको आरोपमा झापाबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर का ३९ वर्षीय सरे राईले आफ्नै हत्या आरोपमा आज पक्राउ परेका हुन् ।

उनले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका २ स्थित एक घरमा लुकेर बसेको अवस्थामा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।