सडक दुर्घटनाका घाईतेलाई प्रदेश प्रमुखले गरे उद्धार

   ११ फाल्गुन २०७७, मंगलवार १४:३४  

११ फागुन, रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलको लच्कामा भएको दुर्घटनाको घाइतेलाई प्रदेश २ का प्रमुख राजेश झा (अहिराज)ले उद्धार गरी अस्पताल पु¥याएका छन ।

लमहा जंगलको लच्का नजिकै भारतीय र नेपाली नम्बर प्लेटको दुई मोटरसाइकल एकआपसमा ठोक्कीएको थियो । बिआर३०जे ९३९७ र ना५६प ७३६५ नम्वरको दुइवटा मोटरसाइकल एक आपसमा ठोक्कीदा जित बहादुर पहरी, सुरज पहरी, बिकाश यादव, चित्ररेखा यादव घाइते भई बाटोमै छटपटाई रहेको अवस्थामा सोही बाटो हुदै जितपुर जादै गरेका प्रदेश प्रमुख झाले गाडीबाट ओर्लिएर उनीहरुलाई तत्काल उद्धार गराई चन्द्रपुर अस्पताल पु¥याएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

एक कार्यक्रममा सहभागी हुन मंगलवार बिहान जनकपुरबाट बाराको जीतपुर जादै गरेको प्रदेश प्रमुखले जंगलमा मोटरसाइल ठोक्कीएर दुर्घटना भइ चारजना घाइतेहरु छटपटाइरहेको देखे पछि स्कटीङ्गमा रहेको गाडी रोक्न लगाएर आफै घाइतेको उद्धारमा जुटेका थिए । घाइतेहरुलाई एकजना सुरक्षाकर्मीको जिम्मा लगाएर उनले अस्पताल सम्म पठाएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।