लागूऔषधसहित तीन जना पक्राउ
११ फागुन, रौतहट । सप्तरीबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा लागूऔषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोरङको पथरी बस्ने २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र करण तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
सीमा नाकाबाट पैदल आउँदै गरेका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्हीबाट सोमबार दिउँसो नै सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार उनीहरुको साथबाट फेनारगन इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन ११ थान र लिजेसिक इन्जेक्सन १० थान बरामद भएकोछ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।