एक महिलाले आफ्नै एक वर्षीया छोरीको हत्या गरीन्
११ फागुन, रौतहट । रुपन्देहीमा एक महिलाले आफ्नै एक वर्षीया छोरीको हत्या गरेकी छन् ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३ हरहरवा बस्ने २१ वर्षिया प्रेमा यादवले आफ्नै एक वर्षीया छोरीको हत्या गरेकी हुन् ।
आइतबार गएराती करिब ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले नजिकैको खोलामा लगेर शव गाडेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी शव गाडेको स्थानमा पुगेको थियो ।
दानव खोला नजिक खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बालिकाको घाँटीमा शंकास्पद दाग देखा परेपछि शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो ।
छोरीको हत्या गरेर उनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।
यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।