आज थप १२५ जनामा कोरोना पुष्टि

   १० फाल्गुन २०७७, सोमबार १७:०८  

१० फागुन, रौतहट । नेपाल पछिल्लो २४ घण्टामा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय २५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यासँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार ५ सय २९ उपचाररत संक्रमित रहेका हुन् ।

त्यस्तै, विगत २४ घण्टामा थप ९० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना संक्रमणका कारण नेपालमा हालसम्म २ हजार ६१ जनाको मृत्यु भइसकेको छ ।