पूर्व सांसद रानाभाटको उपचारका क्रममा आज निधन
१० फागुन, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चितवनका नेता तथा पूर्व सांसद एकनाथ रानाभाटको आज निधन भएको छ ।
सोमबार बिहान ६६ वर्षको उमेरमा रानाभाटको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
उपचारका लागी अस्पताल ल्याएपनि उपचारकै क्रममा उनको निधन भएको नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जनाएका हुन् ।
रानाभाटको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभापति श्रेष्ठले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
रानाभाटको शवलाई मंगलबार बिहान ९ः३० बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि जिल्लास्थित पार्टी कार्यालयमा राखिने छ।
मंगलबार नै उनको देवघाटमा अन्त्येष्टी गरिने श्रेष्ठले जनाएका छन् ।