१० वर्षीया बालिका विद्यालयमै बलात्कृत

   १० फाल्गुन २०७७, सोमबार १३:४४  

१० फागुन, रौतहट । २ कक्षामा पढ्ने एक बालिका विद्यालयमै बलात्कृत भएकी छन् ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले दुई कक्षामा पढ्ने १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको हो ।

छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार नै शिक्षकलाई पक्राउ गरेको थियो ।

बलात्कृत भएकी बालिका र आरोपी शिक्षकको मेडिकल टेस्ट गर्नका लागी अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

मेडिकल रिपोर्ट आएपछि नै यसबारे थप अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।