बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
१० फागुन, रौतहट । बाराको प्रसौनी गाउँपालिका ५ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ११ः१५ बजेको समयमा कलैया उपमहानगरपालिका ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि भ्यानले मोटरसाइकललाई दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रसौनी गाउँपालिका ५ प्रस्टोका बस्ने ४० वर्षीय दुर्योधन चौधरीलाई उपचारका लागी कलैया अस्पताल लगिएको थियो । अस्पतालमा ल्याएपनि उपचारका क्रममा हिजो दिउँसो नै करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना ४ प ५१२४ नम्बरको मोटरसाइकमा सवार कलैयातर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।