कोरोनाका कारण एक वृद्धको मृत्यु
९ फागुन, रौतहट । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका २ बस्ने ७० वर्षीय वृद्ध पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जनाएका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा यही फागुन ३ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उपचारका लागी उनी कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिलेटरमा राखेर उपचारकै क्रममा आज बिहान मृत्यु भएको श्रेष्ठले जनाएका छन् ।