गोरखामा तीन जना मृत अवस्थामा भेटियो
९ फागुन, रौतहट । गोरखामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका १ मा एकै परिवारका तीन गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जनाएका हुन्।
मृत अवस्थामा भेटिनेमा १३ वर्षीया उषा गुरुङ, २१ वर्षीया आइतकुमार गुरुङ र ८४ वर्षीय डिलबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
आज बिहान अबेरसम्म कोही नउठेपछि स्थानीय डिलबहादुरको घरमा पुगेर हेर्दा उनी तीनै जना मृत भेटिएको थियो । एकै परवारका तीन जनाको मृत्यु भएको स्थानीयबाट खबर प्राप्तहुन साथ बारपाक प्रहरी चौकीबाट खटिएको प्रहरी घटनास्थलमा पुगेको थियो ।
प्रहरी पुग्दा मृतकको मुखबाट फिँज आइरहेको पाइएको एसपी गुरुङले जनाए । शवलाई पोष्मार्टमको लागी अस्पताल पठाई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।