आइतबार थपिए ८० कोरोना संक्रमित

   ९ फाल्गुन २०७७, आईतवार १७:०३  

९ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ३ सय २५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ८० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसहित देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार ४ सय ९४ जना उपचाररत संक्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा थप १ सय २१ जना निको भएर घर फर्किएका छन् ।

यससंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ८ सय ७६ पुगेको छ ।