गौरमा आज महिला हिंसा विरुद्ध प्रर्दशन
द नेपाल मिडिया
९ फाल्गुन २०७७, आईतवार १६:३६
९ फागुन, रौतहट । रौतहटमा आज महिला हत्या, हिंसा र बलात्कार विरुद्ध महिलाहरुले जुलुस प्रदर्शन गरेकी छन् ।
जिल्लाको सदरमुकाम गौरमा प्रतिगमन तथा महिला हत्या हिंसा र जबरजस्ती करणी बिरुद्ध महिलाहरु द्वारा बिरोध प्रदर्शन भएको हो ।

अखिल नेपाल महिला संघको आयोजनामा आइतवार बिरोध प्रर्दशन गरिएको छ ।
आज आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्ड-माधव पक्षका नेता, कार्यकर्ताहरु समेत सहभागि भएका थिए ।






