लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
९ फागुन, रौतहट । भक्तपुरबाट लागुऔषधसहित एक भारतीय नागरिकालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतका बेतिया सिक्टा गाउँ १० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक (डिएसपी) दिपक गिरीका अनुसार भक्तपुर नगरपालिका १ डा. इवामुरा अस्पतालबाट लागूऔषधसहित चमारलाई आज बिहान करिब ८ बजेतिर पक्राउ गरेको थियो ।
लागुऔषध ओसारपोसार भइरहेको गोप्य सूचनाका खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । निजको सथबाट डाइजोपाम, नोफ्रन र फेनेरागन तीन,तीन सय थान बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चमारमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।