चितुवाको छालासहित एक जना पक्राउ

   ९ फाल्गुन २०७७, आईतवार १३:३३  

९ फागुन, रौतहट । बझाङबाट चितुवाको १ थान छालासहित एक जना पक्राउ परेका छन् ।

बुङ्गल नगरपालिका ८ मसनिसेरा स्थानबाट चितुवाको १ थान छाला सहित सोही नगरपालिका दासपाला का ४० वर्षीय रधुबीर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोहरलाई शनिबार राति नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चितुवाको छाला तस्करी भइरहेको गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई छालासहित पक्राउ गरिएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।