करिना कपुरले दोस्रो पटक छोरालाई जन्म दिइन्

   ९ फाल्गुन २०७७, आईतवार ११:५१  

 

९ फागुन, रौतहट ।

करिना कपुर एकपटक दोस्रो पटक आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् ।

करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् । एजेन्सी