धनुषाबाट लागूऔषधसहित तीन जना पक्राउ

   ९ फाल्गुन २०७७, आईतवार ११:००  

९ फागुन, रौतहट । धनुषामा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका २ धुमासनबाट शनिबार बेलुका प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवामा बस्ने २१ वर्षे केशव सिंह, २० वर्षे रोशन ठाकुर र सहिल सिंह ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ७ प १५७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।

उनीहरूका साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट बरामद गरिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।