यौन दुव्र्यवहार गरेको अभियोगमा बाराबाट एक जना पक्राउ

   ९ फाल्गुन २०७७, आईतवार १०:४३  

९ फागुन, रौतहट । किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा बाराबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको करैयामाई गाउँपालिका ५ का ४० वर्षीय महेन्द्र सहनीले सोही स्थानकी १५ वर्षीया बालिकालाई मेरो घरमा काम छ, भनेर लगर यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पिडित बालिका रुँदै आफ्नो घर आएर आमालाई भनेपछि परिवार र समाजले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि स्थानीय जम्मा भएर सहनीको घर घेराउ गर्न पुगेका थिए ।

यौन दुव्र्यवहारको खबर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पुगेर सहनीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सहनीलाई हिरासदमा राखी थस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।