आज थपिए ९७ संक्रमित, ३ जनाको मृत्यु
७ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार ९ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेको छ । जसमध्ये हाल १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित छन् ।
यस्तै, विगत २४ घण्टामा थप १ सय १४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसंगै संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ६१ पुगेको छ ।