१४ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

   ७ फाल्गुन २०७७, शुक्रबार १३:०८  

७ फागुन, रौतहट । कञ्चनपुरमा एक १४ वर्षीया बालिका विद्यालयमा नै बलात्कृत भएकी छन् ।

१४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा बेलौरी नगरपालिका ६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बिहीबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले विद्यालयको कक्षा कोठामा यौन दुव्र्यवहार गरेको सूचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शिक्षकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका आरोपी शिक्षकलाई हिरासदमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।