कञ्चनपुरबाट अवैध लागुऔषधसहित दुई जना पक्राउ
७ फागुन, रौतहट । कञ्चनपुरबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिकाबाट बिहीबार साँझ नै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर १८ बस्ने ३९ वर्षीय हेमन्त पाठक र वडा नम्बर ३ बस्ने ४१ वर्षीय जीवन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जनाएका हुन् ।
विशेष सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको साथबाट ७०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको क्षेत्रीले जनाए ।
पक्राउ परेको दुवैलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।