विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते, २ जनाको अवस्था गम्भीर

   ७ फाल्गुन २०७७, शुक्रबार ११:११  

७ फागुन, रौतहट । रामेछापमा आज बिहान भएको बस दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा शुक्रबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले वजनाएको हो । दुर्घटना भएको बसमा ५३ जना सवार थिए । जसमध्ये १८ जना घाइते भएका छन् ।

बा५ख २८५७ नम्बरको बस सालुबाट मन्थलीतर्फ जाँने क्रममा दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जनाएका हुन् ।

मन्थलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भागलिन सेतिदेवी मा।वि। विद्यार्थी र स्काउटको टोली चढेको गाडि दुर्घटना भएको प्रवक्ता श्रेष्ठले जनाए ।

घाइते भएका १८ जनामध्ये २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।