थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

   ६ फाल्गुन २०७७, बिहीबार १७:११  

६ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार ६ सय ३ जना उपचाररत रहेका हुन् ।

यस्तै, बितेको २४ घण्टामा थप १ सय ११ जना कोरोनामुक्त भएसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ, भने हालसम्म नेपालमा कोरोनाका कारण ज्यानद गुमाउनेहरुको कुल संख्या २ हजार ५८ पुगेको छ ।