पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
६ फागुन, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पोखरामा एक जनाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका ११ बस्ने ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा गत माघ १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उपचारका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनको बुधबार राति करिब १०ः४७ बजेतिर मृत्यु भएको हो ।
उनी मधुमेहका बिरामी समेत रहेका शर्माले बताए ।






