प्लाष्टिक गोदाममा आगलागी; कबाडहरु जलेर नष्ट
द नेपाल मिडिया
६ फाल्गुन २०७७, बिहीबार १४:५४
६ फागुन, रौतहट । पर्सामा एक प्लाष्टिक उद्योगमा आगलागी भएको छ । आगलागीबाट गोदामको अगाडी रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भएको छ ।
वीरगन्जको छपकैयामा कमरुल हसनले सञ्चालन गरेको अर्सद स्केप प्लाष्टिक उद्योगमा बुधबार साँझ करिब ६ः३० बजे सु भएको आगलागी साँझ ८ बजेतीर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरील र स्थानीहरुको सहयोगमा आगलागी २ घण्टामा निभाईएको थियो ।
आगलागी भएको सो क्षेत्रमा अन्य आधा दर्जनभन्दा बढी प्लाष्टिकका गोदाम तथा उद्योगहरु सञ्चालनमा रहेका प्रहरीले जनाए ।
आगलागीबाट भएको क्षतिको विवरण हाल आउन बाँकी नै रहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जनाएका छन् ।
आगलागीको कारण पनि हालसम्म आगलागीको कारण खुल्न नसकेको समेत कुँवरले जनाए ।