पर्सामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
द नेपाल मिडिया
५ फाल्गुन २०७७, बुधबार १४:१५
५ फागुन, रौतहट । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ बस्ने ३२ वर्षीय जय प्रकाश पटेल रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर ४ को गुलवारिया सडक खण्डमा ना. ३२ प १६३७ नम्बर मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोकिँदा पटेरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाको छ ।
प्रहरीका अनुसार तीव्र गतिको कारण दुर्घटना भएको हो । पटेलको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।