६ वर्षीया बालिका बलात्कृत, ५२ वर्षीय आरोपी पक्राउ

   ५ फाल्गुन २०७७, बुधबार १३:५९  

५ फागुन, रौतहट । स्याङ्जामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिकका २ बस्ने ५२ वर्षीय नामदेउ कुमाल रहेको प्रहरीले जनाएको छ ।

बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जनाएका हुन् ।

बलात्कृत भएकी पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । जबरजस्ती करणीको सूचना प्राप्त हुन साथ प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।