बारामा ७६ वर्षीया वृद्ध महिला बलात्कृत
४ फागुन, रौतहट । बारामा एक वृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोल्हवी नगरपालिका ८ का ३९ वर्षीय दलबहादुर लामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामाले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान नै जबरजस्ती करणी गरेको थियो ।
अदालतबाट पाँच दिनको म्याद थप गरी पक्राउ परेको लामालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाएका छन् ।