नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते

   ४ फाल्गुन २०७७, मंगलवार ११:०३  

 

४ फागुन, रौतहट । बाँकेमा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका हुन् ।

सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा अनियन्त्रित भई दुर्घटना हुँदा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये दुर्घटनामा परी १० जना गम्भीर घाइते भएको सशस्त्र प्रहरी बल बाँकले जनाएको छ ।

बस दुर्घटना भएको सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो ।

घाइते भएका १० जनालाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक सुरेश गैरेले जनाए ।