थप १२२ जनामा कोरोना संक्रमण पुष्टि
३ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १ सय २२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै, हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । जसमध्ये हाल नेपालमा १ हजार ५ सय ८१ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, विगत २४ घण्टामा थप १ सय ४४ जनाले संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ ।