हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

   ३ फाल्गुन २०७७, सोमबार १५:३६  

 

३ फागुन, रौतहट । झापामा हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भद्रपुर नगरपालिका २ कमलधापकी ५० वर्षीया सीता दाहालमाथि हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आज दिउँसो करिब १ः३० बजेको समयमा घाँस काट्न गएकी उनीमाथि जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जनाएका छन् ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थापाले जनाए ।

घटनासम्बन्धी थप अनुसन्धान गर्नका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटिएको थापाले जनाए ।